Logo
१२ श्रावण २०८१, शनिबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र सेन्ट लुसियाबीच कुटनीतिक सम्बन्ध विस्तार

काठमाडौं : कूटनीतिक सम्बन्ध विस्तारर्को क्रममा नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
हालको लुसिया सँगै नेपालले विश्वका १६७ देशहरुसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले बुधबार न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनासँगै द्विपक्षीय र बहुपक्षीय मामिलामा साझेदारी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसलाई दुवै देशका राजदूतले बुधबार नै दिएको न्यूयोर्क्स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्