Logo
१२ श्रावण २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न रामेछाप विमानस्थलको स्तरोन्नति गरिने

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अब काठमाडौं नजिकै रहेको रामेछाप विमानस्थलको स्तरोन्नति गर्ने बताएका छन् ।

नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकै रहेको रामेछाप विमानस्थलको स्तरोन्नति गर्ने मन्त्री भट्टराईले बताएका हुन् ।
रामेछाप विमानस्थल स्तरोन्नति गरिने क्रममा हाल काभ्रेमा आन्तरिक विमानस्थल नबन्ने भएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७६-७७ को बजेटमार्फत काठमाडौं उपत्यकानजिकै वैकल्पिक विमानस्थल बनाउने योजना सार्वजनिक गरेको थियो ।

मन्त्री भट्टराईले भने उक्त निर्णयलाई आफ्नो वार्षिक कार्ययोजनामार्फत परिवर्तन गरेका छन् । उनको कार्ययोजनामा ‘त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नति गर्ने’ उल्लेख छ ।

मन्त्री भट्रराईले यसलाई समयसीमा भने तोकेका छैनन् । रामेछापको विमानस्थल स्तरोन्नति गर्ने उनको योजनाले तत्कालका लागि काभ्रे विमानस्थलको ‘च्याप्टर क्लोज’ भएको मन्त्रालय श्रोतको दाबी छ ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्