Logo
१२ श्रावण २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शनका क्रममा पक्राउ परेका रविका समर्थकलाई प्रहरीले छाड्यो

काठमाडौं : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विरोधमा प्रद्धर्शनका क्रममा पक्राउ परेका समर्थकहरुलाई आज छाडिएको छ ।

रविसहित तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरु ४८ जनालाई आज छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । चितवनका प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन्
सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई ३ लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्