Logo
१२ श्रावण २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरम नपुगेर राज्य व्यवस्था समितिको बैठक स्थगित, नागरिकता विधेयकमा रहेका विवाद कायमै

काठमाडौं : मंगलबारको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ ।

नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बैठक कोरम नपुगेर स्थगित भएको हो ।

उपसमिति संयोजक विजय सुब्बाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पहिले रहेका विवाद अझै यथावत रहेको बताए । ‘वैवाहिक अंगीकृतबारे जुन विवाद थियो । त्यसमा सहमति जुटेको छैन । जस्ताको तस्तै समितिमा बुझाउनेछौं ’ उनले भने ।

नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको सवालमा नेपाली बुहारी र ज्वाईंमा समान व्यवस्था लागू गर्ने वा नगर्ने भन्ने विवाद छ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरुको उपस्थित रहेको थिएन । आएका केही सांसदहरु पनि बैठक बस्ने सम्भावना नदेखेर फर्किएका थिए । बैठक स्थगित गरेपछि उपसमितिको प्रतिवेदन पनि पेश हुन हुन सकेन ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्