Logo
१२ श्रावण २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको भरोसा गुमाउँदै गएको दाबी गरेका छन् ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष एवं आमा मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।

उनले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको समेत बताए ।

‘भ्रष्टाचार हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, उनले भने, ‘यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ ।’

सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाइ छ। यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्