Logo
१२ श्रावण २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रिपरिषदको बैठक पुर्ण सुरक्षित : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँः भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रिपरिषदको बैठक पुर्णतः सुरक्षित रहेको प्रधानमन्त्रीको सचिवालयले प्रष्ट पारेको छ । हिजो भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रिपरिषद बैठक विवादको घेरामा तानिएका बेला प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले सामाजिक सञ्जालमार्फत यसबारे प्रष्ट पार्दै कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी गरेका छन् ।

उनले यो भिडियो कन्फ्रेन्सलाई सामान्य सामाजिक सञ्जालको प्रयोग गरिएको भन्ने नठान्न आग्रह पनि गरेका छन् । उनले सामान्य सुरक्षा कवचमा बसेर मन्त्रिपरिषद् जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न नसक्ने बताएका छन् ।

उनले भिडियो कन्फ्रेन्समा प्रयोग गरिएको प्रविधिको पूर्ण जानकारी सुरक्षाका कारण दिन नमिल्ने पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी भएको बारेमा विवाद उठेको हो ।

अस्गर अलिको प्रटिकरणः

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्