Logo
५ जेष्ठ २०८१, शनिबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको आदेशः रवि लामिछानेले विदेश जान र पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने

काठमाडौंः जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रु. ५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिदै मुद्दाको किनारा नलागुनजेल विदेश जान र पुडासैनी मृत्युबारे कार्यक्रम नचलाउन आदेश दिएको छ ।

अदालतले रवि लामिछानेसहित तिनै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ । यो अन्तिम फैसला अर्थात सफाई भने होइन रवी विरुद्ध मुद्दा चलि नै रहनेछ ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्