Logo
१२ श्रावण २०८१, शनिबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौशाला-तीनकुनेमा सेकुवा पोल्न नपाइने, पशुपतिबाट आरतीको ‘लाइभ’, नियमित प्रसाद वितरण

संघीय राजधानी काठमाण्डौ स्थित तीनकुनेदेखि गौशाला सडक क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ तथा ‘धार्मिक क्षेत्र’ घोषणा गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् ।

उनले आफ्नो कार्ययोजनामा यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ उनले भने ।

यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने, जेष्ठ नागरिकलाई पशुपतिको चारवटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि भट्टराईले बताएका छन् ।

त्यसैगरी भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्