Logo
१२ श्रावण २०८१, शनिबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक, कमल थापाको कडा आपत्ति

काठमाडौंः नेपालको इतिहासमै नै पहिलो पटक आज भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फरेन्समार्फत बैठक बसेको हो।

यता, विदेशमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सामेल गराइएको घटनाप्रति पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

उनले यसलाई वाहियात र देखाबटी तामझामको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा थापाले देशमा कुनै त्यस्तो आपतकाल नभएका बेला उपचारमा रहेका प्रधानमन्त्रीलाई दुःख दिनु उचित कार्य नभएको उल्लेख गरेका छन्।

‘न देशमा आपतकाल छ, न तत्काल बितिहाल्ने काम छ, सरकार प्रति जनताको बितृष्णा बढ्दै छ, यस्तो अवस्थामा किन यस्तो वाहियात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ ?

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै थापाले भनेका छन् ‘ विष्णु जी कमसेकम तपाईंले त सहि सुझाव दिनपर्ने हो।’

 

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्