Logo
११ श्रावण २०८१, शुक्रबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक : केन्द्रीय समितिमा थपिए ४ जना

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

पार्टी विधानमा रहेको केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ ।

सोमबार कार्यकारी अधिकार प्राप्त गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक सचिवालय बैठक बसेको हो । यसैगरी, बैठकले जिल्लाका इन्चार्ज र सह–इन्चार्ज तथा विभाग/जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

सँगै, आजको बैठकले केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता-कार्यकर्ताहरुका पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटीमा राख्नुपर्ने निर्णय गरेको छ । यदि त्यसो नगरिए स्पष्टिकरण सोध्नेदेखि कारवाहीसम्म गरिने निर्णय गरेको छ ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्