Logo
१२ श्रावण २०८१, शनिबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद सुवेदीको पाकेट मार्ने १ व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौंको न्युरोडमा सांसदको पाकेट मार्ने एकजना पाकेटमार पक्राउ परेका छन् । सर्लाही घर भइ काठमाडौंको मैतीदेवी बस्ने निश्चल थिङलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिइएको हो ।

साउन २६ गते सांसद भावना सुवेदी काम विशेषले न्युरोड इन्द्रचोकमा पुगेका बेला उनको झोलाबाटभित्र रहेको ७३ हजार रुपैयाँ, परिचयपत्र, एटीएम कार्डलगायतका अन्य महत्वपूर्ण कागजात चोरी भएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार थिङलाई भदौ ५ गते बिहान गौशालाबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्