Logo
२१ फाल्गुन २०८०, सोमबार
(August 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति पार्टी भित्रै पनि देखियो : कार्यवहाक प्रधानमन्त्री

काठमाडौँ : कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय चुनौतिपुर्ण बन्दै गएको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन् ।

उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत गरे । उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन् ।

उनले भने, अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने रु हामीहरु भित्रै समस्या छन् । म तपाईहरुलाई तोकेर भन्न चाहन्न । हामी भित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे ।

धरहरा पुननिर्माणको काम संघीय सरकारद्धारा पुननिर्माण प्राधिकरणले अघि बढाईसकेको तथा रानी पोखरी र काष्टमण्डप पुननिर्माणको काम पनि धमाधम भईरहेको भन्दै पुननिर्माणको काममा अवरोध पुर्याउने काम कहि कतैबाट गर्न नहुने तर्फ सचेत गराए ।

प्रकाशित मिति: Aug 24, 2019

प्रतिक्रिया दिनुहोस्