Logo
१२ श्रावण २०८१, शनिबार
(August 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला चेम्बरको दोस्रो तीज व्यापार मेला सुरु

काठमाडौँ : नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला-२०७६ शुक्रबारदेखि शुरु भएको छ ।

मेलाको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् । उनले महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताइन् ।

उनले महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।

चेम्बरका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलामा थप ऊर्जा थप्ने बताए। महिला चेम्बर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् ।

मेलामा महिलाले आफैँले उत्पादन गरेका ५० कक्ष राखिएको छ ।

प्रकाशित मिति: Aug 24, 2019

प्रतिक्रिया दिनुहोस्