Logo
१२ श्रावण २०८१, शनिबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवासमा नेकपा सचिवालयको बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ ।

बैठकमा महानगरपालिकाका अध्यक्ष एवं सचिव, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति गठनबारे छलफल भइरहेको छ ।

यसअघि हिजो बसेको बैठक थप गृहकार्य आवश्यक रहेको भन्दै केहीबेर बसेर आजका लागि सारिएको थियो । नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा हिजो कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाएका छन् ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्