Logo
१२ श्रावण २०८१, शनिबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अछाममा भएको जिप दुर्घटनामा ३ को मृत्यु, ३ जना घाइते

अछाम :  सुदुरपश्चिम प्रदेशको अछामस्थित सुकिबागमा गएराति जिप दुर्घटना भएको छ । बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जिप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा बुधबार राति करीब साढे ८ बजेतिर सडकबाट करीब ५०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा भएको दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जङ्गीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् । उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

रातिको समयमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्