Logo
२७ असार २०८२, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राविधिक शिक्षामा मानव संसाधन विकासका लागि कोरियालि सहयोग

काठमाडौं : प्राविधिक प्रशिक्षकहरुको क्षमता विकासका लागि कोरिया सरकारले ५ मिलियन अमेरिकी डलर सहयोग गरेको छ । सन् २०१८ देखि २०२० सम्मका लागि संचालित यस परियोजनाका लागि कोरिया सरकार र नेपाल सरकार बीच सम्झौता भएको हो ।

कोरियाको तर्फबाट कोरियाली अन्तर्राष्ट्रिय विकास नियोग कोइका र नेपालको तर्फबाट (CTEVT) मार्फत यो परियोजना कार्यान्वयन भइरहेको छ ।

कार्यशालामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा प्रमुख डा. हरि प्रसाद लम्सालले नेपालमा प्राविधिक शिक्षाको हालको अवस्था र यस क्षेत्रमा सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराए ।

परिषद्का सदस्यसचिव डा. पुष्प रमण वाग्लेले यस परियोजनालाई कसरी प्रभावकारी कार्यान्वयन गर्नु पर्छ र प्राविधिक शिक्षाको वर्तमान अवस्था, चुनौती, अवसर र आवश्यकता बारे अवधारणाको बारेमा जानकारी गराए ।

प्रतिष्ठानका निवर्तमान उप कार्यकारी निर्देशक दुर्गा प्रसाद उपाध्यायले प्राविधिक प्रशिक्षण प्रतिष्ठानको दिर्घकालीन योजनाबारे र सामुदायिक विकास कार्यक्रम निर्देशक यम बहादुर बस्नेतले पेशागत सीप अभिवृद्धि बारे बताए ।

कोरियाका आईएस आइएस विज्ञ प्रोफेसर जि हुवान याङले (TITI) मा आइएस स्ट्यान्डर्डको महत्व तथा यसको नेपाल भर कार्यान्वयन हुनुपर्नेबारे जोड दिए ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठान संचालक समितिका अध्यक्ष शंकर प्रसाद पाण्डेले यो परियोजना नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको गुणस्तर अभिवृद्धीका लागि कोशेढुंगा सावित हुने अपेक्षा राख्नु हुँदै यसको प्रभावकारी कार्यन्वयनका लागि सम्बन्धित सबैलाई आग्रह गरे ।

परियोजनाको हाल सम्मको उपलब्धी, कार्यसमीक्षा र भावी दिनको कार्ययोजनाबारे जानकारी तथा अन्तरक्रिया सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा ले उद्घाटन गरेकी छिन् ।

कार्यशालामा शिक्षा मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि कोरियाली राजदुत, सिटिइभिटिका सदस्य सचिव तथा निर्देशकहरु, कोइका नेपालका अधिकारीहरु,(TITI) संचालक समितिका सदस्यहरु, तथा कर्मचारीहरु साथै प्राविधिक तथा व्याावसायिक शिक्षा एवं तालीमको क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवाला निकायका विज्ञ तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम क्षेत्रको स्तरोन्नती तथा गुणस्तर अभिवृद्धिका लागि इन्हेन्सीङ दि क्यालिटी अफ टिभिईटी र्थट क्यापसिटि बिल्डीङ अफ टिभिभीटी इन्स्टर्स इन नेपाल परियोजना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI) मा संचालनमा छ ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्