Logo
१८ बैशाख २०८१, मंगलबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकन्थलीमा पहिरो : भासियो ४० मिटर सडक, ५ घर जोखिममा

भक्तपुर : मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थलीमा गत राती सडक भासिएर पहिरो गएको छ ।

सडक भासिएकार पहिरो जाँदा पाँच घर जोखिममा परेका छन् ।

सो स्थानमा व्यवसय गरेका एक व्यापारी प्रकाश भण्डारीको पसलको सामान गए रातीनै भक्तपुर स्थित वीरदल गणबाट खटिएका सैनिक र नेपाल प्रहरीले सहयोगमा सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातारको पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेका स्थानीयको भनाइ रहेको छ ।

वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गतसाल देखि नै उक्तस्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काके बताए ।

जोखिममा परेका पाँच घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्