Logo
१२ श्रावण २०८१, शनिबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाओसमा यात्रुवाहक बस दुर्घटनाग्रस्त : १३ चिनियाँ पर्यटकको मृत्यु, १२ जना घाइते

बैंकक :  लाओसमा यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । उक्त बसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु १ दर्जन घाइते भएका छन् ।

पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको स्थानीय एक प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु २ जना अझै हराइरहेको जानकारी दिए । उनले ब्रेकले काम नगरेका कारण बस दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएकोपनि बताए ।

घाइते ३१ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । लाओस, थाइल्यान्ड, कम्बोडिया र म्यान्मारमा सवारी दुर्घटना सामान्यजस्तै हुने गरेका छन् ।

लाओसमा पछिल्ला वर्षहरुमा पर्यटकको आवागमन बाक्लिदै गएको छ । भियतनाम टाइम्सका अनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १३ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्