Logo
१२ श्रावण २०८१, शनिबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौँ :  वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको आज देहान्त भएको छ । ९७ वर्षका दीक्षितले आफ्नो निवासमा निधन भएको हो ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएको उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

१९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्मेका दीक्षितको श्रीमती, ३ छोरा र १ छोरी छन् । उनका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ ।

उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्