Logo
११ बैशाख २०८१, मंगलबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ३ पटक भन्दा बढी रक्सी पिएमा सार्वजनिक मुद्दा लाग्ने

बैतडी :  मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै गएपछि सुदुरपश्चिमस्थित बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई  मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिराका कारण सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो ।

वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।

मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर १ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए ।

३ पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्