Logo
४ बैशाख २०८१, मंगलबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोषण तत्वले भरिपूर्ण बदामका जान्नुहोस् यस्ता छन् फाइदा

बदाम स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । चिकित्सकहरुले बदामलाई पौष्टिक तथा स्वास्थ्यवर्द्धक खानेकुरा मानेका छन् ।

चाहे गर्मी होस् वा जाडो,  हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको दुबै प्रकारको बदामले मानिसको शरीरलाई भरपुर फाइदा पुर्याउँछ ।

चिकित्सकहरुका अनुसार, बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसको सेवनले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन् । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।

बोक्राको साथमा बदाम खानु झनै राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । तपाईंको क्षमताभन्दा धेरै बदाम खानाले अपच हुने सम्भावना रहन्छ र यसले पेटलाई खराब गर्छ ।

बदामको सेवन कोलेस्ट्रोललाई कम गर्न पनि प्रभावकारी मानिन्छ । बदामले कब्जियतको पीडालाई पनि कम गर्छ ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्