Logo
११ बैशाख २०८१, मंगलबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदबहाली गर्दै आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराई

रुपन्देही :   प्रदेश न ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिल्लीराम भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएका छन् । आज मंगलबार आयोजित कार्यक्रममा भट्टराईले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट शपथ ग्रहण गरेका हुन् ।

उक्त समारोहमा प्रदेश ५ प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल , सभामुख पुर्ण बहादुर घर्ती , उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल तथा प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

मंगलबार आयोजित समारोहमा शपथ ग्रहणपछि प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईलाई मुख्यमन्त्री शंकर पोखरेलले बधाई दिएका छन् ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्