Logo
१२ श्रावण २०८१, शनिबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोरीको आरोपमा पक्राउ परेका २ जना भारतीय थुनुवा फरार

चन्द्रगढी :   नेपाल प्रहरीको हिरासतबाट २ जना भारतीय थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका २ भारतीय फरार भएका हुन् ।

भारतीय राज्य पश्चिम बंगालअन्तर्गतको दार्जि्लिङ जिल्ला घर भएका २९ वर्षीय गणेश मण्डल र २६ वर्षीय गणेश कामती प्रहरीको हिरासत कक्षको ताला फोडेर फरार भएका हुन् ।

उनीहरुलाई चोरी मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले फरार भएका दुवै थुनुवाको खोजी जारी रहेको जानकारी दिए ।

उनीहरु भारत जानसक्ने भएकाले सीमा नाकामा कडाइका साथ चेकजाँच भइरहेको मैनालीले जानकारी दिए । मैनालीका अनुसार भारतीय थुनुवाहरु फरार भएको घटनाको अनुसन्धानका लागि आन्तरिक छानबिन समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्