Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फाप्लु विमानस्थलमा चिनियाँ विमानको पहिलो उडान परीक्षण सफल

सोलुखुम्बु : नेपाल वायुसेवा निगमको वाइ१२ई चिनिया जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा सफल परीक्षण उडान भरेको छ ।

निगमको उक्त विमानले मंगलबार बिहान ९ बजे पहिलो पटक उडान भरेको हो । १४ सिट क्षमता भएको उक्त जहाजले ओखलढुगांको रुम्जाटारमा पनि मंगलबार नै उडान भरेको निगमका अपरेशन डाइरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानाकारी दिए ।

सरकारले २०७१ सालमा चीन सरकारको सहयोगमा ४ वटा वाइ१२ई जहाज नेपाल भित्र्याएको थियो । उक्त विमानले करिब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको अपरेशन डाइरेक्टर ज्वारचनले जानकारी दिए ।

उक्त जहाजले सुदूरपश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको छ । विशेष गरी उक्त विमान छोटो धावनमार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्