Logo
१२ श्रावण २०८१, शनिबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जम्मु- कश्मीरबारे भारतको निर्णय स्वागतयोग्य :  नेपाल रिपब्लिक पार्टी

काठमाडौं :  केही समय अगाडि भारतीय जनता पार्टीको सरकारले संविधानको धारा ३७० र उपधारा ३५ (ए) को प्रावधान हटाई जम्मू-कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई केन्द्रशासित प्रदेश बनाएको छ । यस ठोस कदमसँगै जम्मू-कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई एउटा नयाँ पहिचान र सम्मान मिलेको छ ।

भाजपाले लिएको उक्त कदमको नेपाल रिपब्लिक पार्टीले खुलेर स्वागत गरेका छन् ।पार्टीले एक प्रेस विज्ञप्ति जारी गरी भारतको उक्त कदम को सराहना गर्दै अगाडी भनेका छन् धेरै पहिले भइसक्नुपर्ने यो कार्य दृढतासाथ सम्पन्न गरेकोमा सत्तारुढ भारतीय जनता पार्टीलाई पनि हामी बधाई ज्ञापन गर्दछौँ ।

एउटै देशभित्रका बेग्लै झण्डा, संविधान र नेतृत्व कायम रहनु र देश विखण्डनका नारा तथा गतिविधिले पश्रय पाउनु कुनै पनि संप्रभुतासम्पन्न देशका लागि स्वीकार्य हुन सक्दैन ।

भारत सरकारको यस कदमले भारतलाई यस अवस्थाबाट मुक्त गरेको छ र राष्ट्रिय एकीकरणको कामलाई सच्चा अर्थमा पूर्णता प्रदान गरेको छ । राष्ट्रिय संप्रभुता, अखण्डता र कानूनी राज्यको हिमायती कुनै पनि लोकतान्त्रिक मुलुकले यस कदमको समर्थन गर्नुपर्छ ।

अनावश्यक कुरामा लम्बे चौडे वक्तव्य दिएर नथाक्ने नेपालको वर्तमान कम्युनिष्ट सरकारले मित्रराष्ट्र भारतका शत्रुहरूलाई सहयोग पुग्ने गरी यस मामिलामा धारण गरेको मौनता रहस्यमय मात्र होइन, घोर आपत्तिजनक समेत छ । नेपाल सरकारको यो मौनता एउटै देशभित्र दुई बेग्लै झण्डा, फरक संविधान र फरक नेतृत्व तथा देश विखण्डनका गतिविधिको सक्रिय मौन समर्थन पनि हो ।

त्यसैले यस घटनाप्रतिको सरकारी मौनता सत्तारुढ कम्युनिस्ट पार्टीको राष्ट्रघाती, जनविरोधि प्रवृत्तिको मुखर विज्ञापन हो । प्रादेशिक विभेद, साम्प्रदायिकता र राष्ट्रविखण्डनको विपक्षमा उभिने नेपाल सरकारको नैतिक धरातल यसले पूर्णतः ध्वस्त पारेको छ ।

सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त तथा लोकतन्त्रवादी शक्ति र जनतालाई यसतर्फ सचेत रहन आग्रह गर्दै पार्टी अध्यक्ष सिद्धार्थ गौतम द्वारा जारी उक्त विज्ञप्ति भनिएका छन् कम्युनिस्ट नेतृत्वको नेपाल सरकारको यस रवैयाको तीव्र भत्सर्ना गर्दछ । साथै, राष्ट्रिय संप्रभुता र अखण्डताका पक्षधर सम्पूर्ण नेपाली जनता भारत सरकारको कदमको समर्थनमा रहेको स्पष्ट पार्दै यस कदमप्रति हामी जम्मू कश्मीर र लद्दाखको समेत सम्पूर्ण भारतीय जनताप्रति बधाई व्यक्त गर्दछौँ ।

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्