Logo
१२ श्रावण २०८१, शनिबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली आज स्वादेश फर्किए

काठमाडौं :  स्वास्थ्य उपचारका क्रममा विदेश रहनुभएका प्रधानमन्त्री ओली आज सोमबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओली आज मध्यान्हमा काठमाडौँ आइपुगेका हुन् ।

साउन १८ गते स्वास्थ्य उपचार तथा आराम गर्नका लागि प्रधानन्त्री ओली सिंगापुर प्रस्थान गरेका थिए ।

उहाँ गएको शुक्रबार नै स्वदेश फर्किने तयारी थियो । तर स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा आइतबारका लागि सारिएको थियो ।आइतबारसम्म पनि रिपोर्ट नआएपछि पुनः आगमन मिति सारेर सोमबारका लागि तय भएको हो । उहाँले सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सिंगापुर भ्रमणमा रहेका उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित ९ सदस्य सहभागी थिए ।

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्