Logo
१२ बैशाख २०८१, बुधबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेधशी समुदाय सुष्मा स्वराजको ऋणी हुन् : किशोर यादव

काठमाडौं : नेपाल-भारत मैत्री युवा संघले गत मंगलबार हृदयघातबाट भारतीय पूर्व-विदेश मन्त्री एवं भाजपाकी नेतृ सुष्मा स्वराजको निधन प्रति दुःख व्यक्त गरको छ ।

संघका अध्यक्ष किशोर कुमार यादवले शोक वक्तव्य जारी गर्दै विदेश मन्त्रीका रुपमा सुष्मा स्वराजको कार्यकाल अभूतपूर्व र पदको गरिमा तथा मर्यादालाई कायम राख्दै मनवताको धरातलमा जुन कार्य गरेकी थिइन् त्यो सदैव याद रहने बताएका छन् ।

नेपाल भारतको सम्बन्धलाई सदैव उच्च स्थानमा राखेकी स्वराजले नेपालको उत्पीडन र अधिकारबाट बञ्चित मधेशी समुदायको लागि जुन कदम चालेकी थिइन् त्यसको लागि मधेशी समुदाय उनका ऋणी रहेको समेत उनले बताए ।

अध्यक्ष यादवले सुष्माको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनका शोक सहने शक्तिका लागि भगवानसँग प्रार्थना गरेका छन् ।

शोक वक्तव्य : 

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्