Logo
१६ फाल्गुन २०८०, बुधबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी मङ्सिर १४ को उपनिर्वाचन बहिस्कार गर्ने मोहन वैद्यको घोषणा

काठमाडौँ : मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले आगामी मङ्सिर १४ गतेलाई तय भएको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले जानकारी दिएका छन् ।

सो पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव वैद्यले जानकारी दिएका हुन् ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति गर्न उपनिर्वाचन हुदैछ ।

 बैठकपछि महासचिव बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ :

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपय’क्त ह’ने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ ।

त्यस्तै भारत सरकारले हालै संविधानको धारा ३७० र ३५ ९क० लाई खारेज गर्नुका साथै जम्मु–कास्मिरबाट लद्दाखलाई अलग गराउने निर्णय जनताप्रति गम्भीर विश्वासघात भन्दै भारत सरकारको उक्त नीति र निर्णयको विरोध गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त राज्य अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोजेको भन्दै अमेरिकी सरकारद्वारा दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान सहायता अन्तर्गत ५० करोड अमेरिकी डलर लिने नेपाल सरकारको निर्णयको विरोध गर्दै अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्द प्रशान्त रणनीतिमा सम्मिलित नहुन, सो रकम अस्वीकार गर्न तथा पञ्चशीलको मान्यताका आधारमा परराष्ट्र नीति अँगाल्न सरकारसित जोडदार माग गरेको छ ।

त्यसैगरी हाल नेपालमा सङ्क्रमणकालीन न्यायबारे राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा हुँदै आएको भन्दै सरकारद्वारा आफै गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानुनहरुको निर्माण र अन्य सहयोग प्रदान गर्ने काममा हद दर्जाको उपेक्षा र असहयोग गरी विघटित गरिएको सो पार्टीले जनाएको छ । ‘यस स्थितिमा हाम्रो पार्टी उपयुक्त कानुनहरुको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरुलाई पुनर्गठित तुल्याई समस्याको समुचित समाधान निकाल्न सरकारसित जोडदार माग गर्दछ । साथै, नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुसित समेत विशेष आग्रह गर्दछ’ बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्