लोकसेवाको विज्ञापनविरुद्ध उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटो फिचर)
काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातीद्वारा निरन्तर आन्दोलन भैरहेको छ ।
निरन्तर आन्दोलनको क्रममा आज आइतबार पनि काठमाण्डौंको भद्रकालीमा प्रदर्शन गरिरहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको छ ।
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यता लोकसेवाले भने परीक्षा लिइरहेको छ ।