Logo
१२ श्रावण २०८१, शनिबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाले २ ब्यालेस्टिक मिसाइल दाग्नुको यस्तो रहेछ कारण

उत्तर कोरियाले समुद्रमा २ मिसाइल दागेको छ । स्थानीय समयानुसार ५ बजेर ३४ मिनेटमा र ५ बजेर ५० मिनेटमा दागिएको उक्त मिसाइल पछिल्ला केही हप्तामा उत्तर कोरियाको तर्फबाट दागिएको यो पाँचौं मिसाइल हो ।

दक्षिण कोरियाली सेनाका अनुसार यो कम दुरीको ब्यालेस्टिक मिसाइल हो । यदि यो कुराको पुष्टि हुने हो भने यो परीक्षण संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको उल्लंघन हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका शीर्ष नेता किम जोंग उन, अमेरिकी -दक्षिण कोरियाको अहिलेको संयुक्त सैन्य अभ्यासको विषयमा खुसी नभएको बताएका छन् ।

यो नयाँ परीक्षणबारे के थाहा छ ?

करिब ४ सय किलोमिटर दुरी तय गरेको उक्त २ मिसाइल दक्षिण हेमयोंग प्रान्तको पूर्वी शहर हमहुंग नजिकैबाट दागिएको छ । यो पूर्वी कोरियाली प्रायद्वीपको जापान सागरमा खस्यो ।

दक्षिण कोरियाली सेनाले एक बयानमा यी मिसाइल म्याक ६.१ को तुलनामा तीब्र गतिसहित अधिकतम ४८ किलोमिटरको उचाईसम्म पुगेको बताएको छ ।

जूनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटघाट भएको थियो । उक्त भेटमा परमाणु निःशस्त्रीकरण सम्झौतालाई पुनः सुरु गर्नेबारे कुरा भएको थियो जससलगत्तै उत्तर कोरियाले लगातार एकपछि अर्को गरेर मिसाइल एवं रकेटको परीक्षण गरिरहेको छ ।

किमले ट्रम्पलाई चिट्ठीमा के लेखे ?

उक्त मिसाइल लञ्च गरेको केही समय अघि मात्रै अमेरिकी राष्ट्रपतिले एक पत्रको कुरा उठाएका थिए । किमले आफूलाई एउटा सुन्दर चिट्ठी लेखेको ट्रम्पले बताए ।

ह्वाइट हाउसमा पत्रकारसँगको साक्षात्कारमा ट्रम्पले उक्त चिट्ठीलाई निकै सकारात्मक चिट्ठी बताए । उनले भने, ‘मलाई लाग्छ कि हामी एकपटक पुनः भेट्नेछौं । उनले साँच्चै नै मलाई तीन पानाको एउटा सुन्दर चिट्ठी लेखेका छन् । मेरो अर्थ यो हो कि सुरुदेखि अन्त्यसम्म यो सुन्दर छ – यो एउटा निकै सुन्दर चिट्ठी हो ।’

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विषयमा असन्तुपष्टि व्यक्त गरेका छन् ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासः

यद्यपि, मुख्य सैन्य अभ्यास ११ अगस्टबाट सुरु हुनेछ तर क्रमशः महत्वपूर्ण तयारी सुरु भइसकेको छ । यो संयुक्त सैन्य अभ्यास मुख्य रुपमा कम्प्युटर सिम्युलेटेड हो ।

यो सैन्य अभ्यास अमेरिका र दक्षिण कोरियाबीच भएको पछिल्लो अभ्यासको तुलनामा कम महत्वपूर्ण छ । तर उत्तर कोरियाले भने यसलाई उत्तेजक कारवाही मानिरहेको छ ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्