Logo
२५ बैशाख २०८१, मंगलबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितुवा बस्ने खोरभित्र अवैध काठको थुप्रो भेटेपछि…

बुटवल : बुटवलको पर्यटकीयस्थल फुलबारीको चितुवा बस्ने खोरभित्र अवैध काठ फेला परेको छ ।

चितुवा बस्ने घरभित्र अवैध काठको थुप्रो देखेपछि फुलबारीमा प्रवेश गर्ने दर्शक अलमलमा परे ।

फुलबारीको चितुवा बस्ने खोरभित्र काठ छ भन्दै हल्ला चल्न थालेपछि रुपन्देहीका सहायक वन अधिकृत रविन्द्र चौधरीको नेतृत्वमा आएको टोलीले आएर सोधीखोजी गर्न थाल्यो । सामुदायिक वन र फुलबारीका पदाधिकारी तथा कर्मचारी भने सम्पर्कमा आउनै चाहेनन् ।

उद्यानको चितुवा बस्ने घरमा लुकाएर राखेको अवस्थामा ७३ दशमलव १९ क्युफिट टिक रुखको काठ डिभिजन वन कार्यालय रुपन्देहीले बरामद गरेको छ । बुटवल सामुदायिक वनभित्र रहेको पर्यटकीयस्थल फूलबारीको चिडियाखानाभित्र काटेर गोलिया बनाइएको २८ थान टिकको काठ भेटिएको वन कार्यालय रुपन्देहीको भनाई छ ।

मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारी सञ्चालक समितिको महासचिवको जिम्मेवारीमा बुटवल उपमहानगर वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपाल र सचिव पदमा वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल रहेका छन् ।

जनप्रतिनिधिनै सम्मिलित फूलबारीभित्र चितुवा रहेको चिडियाघरभित्र लुकाएर राखेको अवस्थामा काठ फेला पर्नुलाई रहस्मय रूपमा हेरिएको छ ।

बरामद गरिएको काठको बजार मूल्य करिब अढाई लाख पर्छ । दुईवटा कोठामा राखिएको काठमध्ये एउटा कोठामा भने दुईवटा गोलिया मात्रै छ । ढलेका रुख काट्ने निहुँमा अन्य रुख काटेर काठको तस्करी गरेको आशंका गरिएको छ ।

स्थानीयले वनभित्र अवैधरूपमा रुख कटान भएको भन्दै डिभिजन वन कार्यालय रुपन्देहीमा खबर गरेका थिए ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्