Logo
८ बैशाख २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर महानगरले एक साथ ल्यायोे ब्रुमर, ट्यांकर र एम्बुलेन्स सञ्चालनमा

काठमाडौ : ललितपुर महानगरपालिका अब हिलो र धूलो मुक्त बन्ने भएको छ । उक्त महानगरपालिकाले शुक्रबारदेखि दुईवटा ब्रुमर, दुई वटा पानी टयाङ्कर र एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

महानगर परिसरको कार्यालयमा ब्रुमर,पानी टयाङ्की र एम्बुलेन्सको एक साथ ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले उदघाटन गरे । ललितपुर महानगरपालिकालाई हिलो र धुलोमुक्त महानगर बनाउने अभियानसहित दुईवटा ब्रुमर र पानी टयाङ्की खरिद गरिएको ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले बताए। महानगरले टेण्डर प्रक्रियाद्वारा ब्रुमर खरिद गरेको हो ।

साउन १० गते महानगरपालिकामा ब्रुमर आएको महर्जनले जानकारी दिए । उनले भने,’ ब्रुमर सञ्चालनका लागि रूट तयार भइसेको छैन । एक सातामा रुट तयार पारिन्छ ।’ ब्रुमर चलाउन प्राविधिकलाई तालिम दिइरहको उनको भनाइ छ । बाग्मती वारिदेखि जावलाखेलसम्मको रुटमा ब्रुमर चलाइने गरि रुट तयार गरिने महर्जनको भनाइ छ । राजश्वसहित ४ करोड ४८ लाख ११ हजार २८० रुपैयाँमा महानगरपालिकाले इटली कम्पनीको ब्रुमर खरिद गरेको हो ।

गत वर्षको मंसिरमा महानगरले ब्रुमर खरिदको लागि बोलपत्र आव्हान गरेको थियो । जेनटेक निजी कम्पनीले ब्रुमर खरिद गरेको महानगरपालिकाले जनाएको छ । महानगर भित्रका बोटविरुवामा पानी हाल्न र बाटोको हिलो पखाल्नको लागि पानी टयाङ्कीको खरिद गरिएको महर्जनले बताए । सिप्रदी कम्पनीले राजश्वसहित ६२ लाख ९० हजारमा दुई वटा पानी ट्याङ्की उपलब्ध गराएको हो ।

भारत सरकारको सहयोगमा हस्तारन्तरण गरिएको एम्बुलेन्स पनि आज देखि सञ्चालनमा ल्याइने महानगरले जनाएको छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्