Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउको क्रममा भाग्न खोजेपछि लामामाथि प्रहरीले चलायो गोली

काठमाडौं : राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार लोप्चन भन्ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । घाइते भएका लामालाई प्रहरीले तत्कालै अस्पताल लगेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि गोली हानिएको हो ।

लामालाई समात्ने क्रममा प्रहरीले दुई गोली घुँडामुनि हानेको छ । उनी काठमाडौंका विभिन्न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्