Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा नेतृ शान्ता चौधरी कक्षा ११ मा भर्ना

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन् । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईईमा) उत्तीर्ण भएपछि उनले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना गरेकी छिन् ।

कक्षा ११ मा भर्नाका हुनका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्नराज्य मावि पुगेकी थिइन् । शान्तले दाङकै निलम थापाले पनि रत्नराज्य माविमा कक्षा ११ मा भर्ना गराएकी छन् । निलमको सम्पूर्ण पढाइ खर्च आफूले नै व्यहोर्ने शान्ताले जनाएकी छन् ।

११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्