Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुलिखेलमा राप्रपाले ६० जना प्रशिक्षक तयार पार्दै, अध्यक्ष थापाले प्रशिक्षण दिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन निमार्ण वर्षलाई सफलतापुर्वक कार्यान्वयन गर्न आज र भोली दुई दिने प्रशिक्षकरप्रशिक्षण कार्यक्रम सुरु गर्दैछ ।

दुई दिनसम्म धुलिखेलमा चल्ने कार्यक्रमको पार्टी अध्यक्ष कमल थापाले दिउँसो १२ बजे उद्घाटन गर्ने छन् ।

सैद्धान्तिक, वैचारिक विषयसँगै संगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको विषयमा प्रशिक्षण दिइने पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहने छ । पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतले प्रशिक्षण दिनेछन् ।

केन्द्रीय प्रशिक्षक प्रशिक्षण पछि आगामी भदौ महिनामा ७७ जिल्लामा र असोज महिनामा सात सय त्रिपन्न स्थानीय तहमा प्रशिक्षण दिइने प्रवक्ता पाठकले बताए ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्