Logo
११ श्रावण २०८१, शुक्रबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसंग नाता रहेका काश्मिरका अन्तिम राजकुमार करणसिंहले गरे मोदी सरकारको कदमको समर्थन

भारतीय कांग्रेस पार्टीका नेता तथा काश्मिरका अन्तिम राजकुमार करणसिंहले भारत सरकारले काश्मिरबारे लिएको निर्णयको समर्थन गरेका छन् ।

२३ साउनमा विज्ञप्तिमार्फत उनले भारत सरकारले काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त राज्यको अधिकार खारेजको निर्णयको विरोध गर्नेको आफूले समर्थन नगर्ने उल्लेख गरेका छन् ।

भारत सरकारले संविधानको ३७० धारा खारेजीको निर्णय उल्लेख गर्नै उनले भनेका छन्, म व्यक्तिगत रुपमा पछिल्लो विकसित घटनाक्रमको आवरण निन्दा गर्नेको समर्थन गर्न सक्दिन ।

करण सिंह आवद्ध कँग्रेसका अन्य नेताहरुले मोदी सरकारले जम्मु काश्मिरबारे लिएको निर्णयप्रति असन्तुष्टि जनाइरहँदा उनको पार्टी लाइनभन्दा फरक विज्ञप्ति आएको हो । सिंहको धारणालाई अर्थपूर्ण मानिएको छ ।

भारत सरकारले लिएको निर्णयमा धेरै सकारात्मक विषयहरु रहेको उल्लेख गरेका छन् । जम्मु र काश्मिरको विभाजनले दुवै राज्यबीच राजनीतिक अधिकारको न्यायसंगत बाँडफाँड हुने बताएका छन् । लैङ्गिक समानताको सुनिश्चितताका लागि धारा परिमार्जनमा जोड दिएका छन् ।

काश्मिरबारे भारत सरकारले लिएको निर्णयको दुई दिनपछि कर्ण सिंहको आधिकारिक धारणा सार्वजनिक भएको हो । उनका बाबु हरि सिंह जम्मु काश्मिरका अन्तिम राजा हुन् ।

हरि सिंहले सन् १९४७ मा भारतसँग समाहित हुने पत्रमा हस्ताक्षर गरेका थिए । कर्ण सिंह काश्मिरका अन्तिम राजकुमार हुन् । उनले नेपालकी राणा परिवारकी सदस्य विवाह गरेका थिए ।

लदाख केन्द्रीय शासनभित्र राखिएकोको स्वागत गरेका छन् । उनले थप सुझावहरु समेत प्रस्तुत गरेका छन् । उनले राजनीतिक वार्तामा निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

जम्मु र काश्मिर राज्यहरुले छिट्टै राज्य प्रणालीको अधिकार पाउनुनपर्नेमा जोड दिएका छन् । बाँकी भारतका राज्यहरुले जत्तिकै जम्मु र काश्मिरका जनताले अधिकार पाउने गरी माहोल तयार गर्नुपर्ने बताएका छन् ।

आफू जम्मु काश्मिरको राजकुमार हुँदाका विषयहरु पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

करण सिंहको प्रेस विज्ञप्ति : 

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्