Logo
११ श्रावण २०८१, शुक्रबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काश्मिरबारे निर्णय लिनुअघि भारतीय प्रधानमन्त्री मोदीले यी काश्मिरी नेतासंग लिएका थिए सहमती

यतिबेला राजनीतिक रुपमा विरोधमा उत्रेका काश्मिरी नेताहरुसंग यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमती लिएको तस्विर सार्वजनिक भएको छ । संविधानको धारा ३७० खारेज गराएका भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक जीवनकै कडा निर्णय लिएका हुन् ।

जम्मु काश्मिरलाई दिदै आएको विशेष स्वायत्त राज्यको दर्जालाई वैधानिक तरिकाले खारेज गरिदिएका हुन् । सबैलाई आश्चर्यमा पार्दै मोदीले लिएको निर्णय अघि उनले काश्मिरका नेता डा.फारुक अब्दुल्ला र ओमार अब्दुल्लालाई भेटेका थिए ।

भारतको प्रधानमन्त्री कार्यालयमा १ अगष्टमा भएको भेटलाई त्यहाँको प्रधानमन्त्री कार्यालयले सार्वजनिक पनि गरेको थियो । भेटमा श्रीनगरबाट सांसदसमेत रहेका जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक र उनका छोरा तथा पूर्व मुख्यमन्त्री ओमार अब्दुल्ला पनि सहभागी थिए ।

भेटका बखत फारुकले निकै गम्भीरतापूर्वक कुराकानी भएको तस्वीर सार्वजनिक भएको छ । मोदीलाई भेटेपछि फारुकको श्रीनगरस्थित निवासमा ४ अगष्टमा काश्मिरका विभिन्न दलका नेताहरु भेला भएका थिए ।

भेटमा फारुकका अलावा पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्ती पनि सहभागी थिइन् । फारुकले मोदीलाई भेटेपछि काश्मिर पुगी राज्यको सर्वदीय बैठक घरमै डाक्नुलाई भारत सरकारले चाल्न लागेको कदमबारे पूर्व जानकारी थियो भन्ने विश्लेषण भएको छ ।

बैठक बसेको भोलिपल्ट काश्मिरका प्रमुख नेताहरु घरबाट निस्कन रोक लगाइए । लगत्तै मोदी सरकारले काश्मिरबारे कडा कदम चाल्यो । भारतले ५ अगष्टमा संविधानमै काश्मिरलाई दिदै आएको विशेष राज्यको अधिकार खारेज गरिदिएपछि त्यहाँका नेताहरुलाई घरबाट निस्कन रोक लगाइएको थियो ।

नेताहरु घरमै नरजबन्दमा छन् । मेहबुबा मुफ्ती र ओमार अब्दुल्ला काश्मिरस्थित घरमै नजरबन्दमा राखिए । कँग्रेसका नेता गुलाम नवी आजादलाई ८ अगष्टमा श्रीनगर एयरपोर्टमा रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीसहित जम्मु काश्मिर कँग्रेस प्रमुख गुलाम अहमद मिर पनि रोकिएका छन् । उनले ट्वीटमार्फत् सार्वजनिक समेत गरेका थिए ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्