Logo
१२ श्रावण २०८१, शनिबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वउपप्रधानमन्त्री सिंहको स्वास्थ्यमा सुधार, अझै केही दिन अस्पतालमै राखिने

काठमाण्डौं : नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ ।

सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उहाँका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

सिंहलाई डा मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्