Logo
१२ श्रावण २०८१, शनिबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल वायुसेवा निगमलाई सुर्धान मन्त्री भट्टराईद्वारा ‘सुधार समिति’ गठन

काठमाडौँ  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार्न ‘निगम सुधार समिति’ गठन गरेका छन् ।

मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ ।

व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजनासहित अघि बढ्न लागिएको मन्त्रालयले जनाएको छ ।

अन्तर्रा्ष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्