Logo
१२ श्रावण २०८१, शनिबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झन् झन् बढ्दै सुनको भाउ, तोलामा १५ सय बढ्यो

काठमाडौं :  आज बुधबार सुनको भाउ १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ६८ हजार पुगेको छापावाल सुन बुधबार भने ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य पनि तोलाको १५ सयले बढेर ६९ हजार २ सय पुगेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैँयाले बढेको छ । यसअघि ७ सय ९५ मा कारोबार भइरहेको चाँदी आज चाँदी प्रतितोला ८ सय १० पुगेको छ ।

महासंघकाअनुसार अन्तर्रा्ष्ट्रिय अर्थतन्त्र कमजोर भएको कारण र अन्तर्रा्ष्ट्रिय स्तरमा भएको अस्थिरता र द्वन्द बढ्दा नेपालका सुनको मूल्यमा प्रभाव परिरहेको हो।

यो समस्या तत्काल समाधान हुने नदेखिएका कारण सुनको मूल्य प्रतितोला ७० हजार कट्न सक्ने महासंघको अनुमान छ ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्