Logo
१२ श्रावण २०८१, शनिबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुकुम्बासी समस्या दीर्घकालीन ढंगले समाधान हुन्छ : विष्णु पौडेल

बुटवल : प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशमा विद्यमान सुकुम्बासी समस्या दीर्घकालीन ढंगले समाधान हुने बताएका छन् ।

बुटवल उपमहानगरपालिका-२ को नमूना कार्यालय भवन उदघाटन गर्न पुगेका पौडेलले सो कुरा बताएका हुन् । ‘सुकुम्बासी समस्या धेरैतिर छ’, पौडेलले भने, ‘यसलाई दीर्घकालीन ढंगले समाधान गर्नेगरी सरकारले काम गरिरहेको छ ।’

पौडेलले अव्यवस्थित बसोबासको समस्या पनि उत्तिकै पेचिलो भएको उल्लेख गर्दै यसको पनि सरकारले दीर्घकालीन समाधान खोज्ने बताए ।

सुकुम्बासी समस्या समाधानका लागि सरकारले जग्गा वितरणलगायतका अनेक कार्यक्रम यसअघि ल्याएको थियो । यद्यपि, यो समस्या घट्नुको साटो थप बढेर गएको सरकारी तथ्यांकले नै देखाएको छ ।

१ करोड ४० रुपैयाँ लागतमा निर्माण भएको वडा कार्यालय भवन उदघाटन गरेका पौडेलले जनप्रतिनिधि र कर्मचारीलाई सहज र छिटो-छरितो ढंगले सेवा प्रवाह गर्न आग्रह गरे ।

कोदाले र बिटौरी जग्गाको समस्या समाधानका लागि काम भइरहेको उल्लेख गर्दै उनले केही समयमै यसको समाधान निस्किने आश्वासन दिए ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्