Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व-पञ्चहरुको पार्टी राप्रपा र राप्रपा (संयुक्त) वीच एकीकरण हुँदै, ३ जना अध्यक्ष राख्नेमा सहमति

पुर्व-पञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वीच पार्टी एकीकरण प्रक्रिया भित्रभित्रै अघि बढेको छ ।

तत्काल पार्टी एकीकरण नगरे दुवै पार्टीको अस्तित्व सिद्धिने निष्कर्ष दुवै पार्टीका नेताहरुले निकालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहास जोगाउन पनि पार्टी एकीकरण गर्नु पर्ने उनीहरको ठहर छ ।

स्रोतका अनुसार पार्टी एकीकरणकोलागि राप्रपाका अध्यक्ष कमल थापा, तथा राप्रपा (सयुक्त) का अध्यक्ष पशुपतिशमसेर राणा र डा. प्रकाश चन्द लोहीन निकै लचिलो भएका छन् ।

यी नेताहरुवीच पटक पटक औपचारिक र अनौपचारिक कुराकानी भइरहेको छ । सकेसम्म आगामि दशैसम्म पार्टी एकीकरणकोलागि आन्तरिक छलफल र तयारी भइरहेको पार्टीका नेताहरुले जनाएका छन् ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दशैंसम्म पार्टी एकीकरण गर्ने गरी तयारी भएको बताए । राप्रपाले पार्टी एकीकरण सम्बन्धी निर्णय गर्न पार्टी अध्यक्ष कमल थापालाई अधिकार दिएको छ भने राप्रपा (संयुक्त)ले संयुक्त रूपमा पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको छ ।

एकीकरणको जिम्मेवारी पाएका थापा, राणा र लोहनीले एकीकरणको मोडालिटी तयार गरेका छन् भने दोश्रो तहका नेताहरूले एकताको विषययमा छुट्टै छलफल र संवाद अघि बढाएका छन् ।

दुइ पार्टीले पार्टी एकताको आधार राजसंस्था र हिन्दु राष्ट्रलाई मान्न दुवै पार्टी तयार रहेको दुवै पार्टीका नेताहरुले जनाएका छन । राप्रपाका एक पदाधिकारी भन्छन,‘राजसंस्थालाई एकताको आधार मान्न उहाँहरु (पशुपति र लोहनी) तयार भए पछि एकीरकण प्रक्रिया सहज भएको हो ।’ त्यसो त, हिन्दु राष्ट्रको विषयमा दुवै पार्टीको एउटै धारणा छ ।

स्रोतका अनुसार एकीकृत पार्टीमा ३ जना अध्यक्ष राख्नेमा करिब करिब सहमति भएको छ । जस अनुसार थापा,राणा र लोहनी अध्यक्ष हुने छन् । राप्रपा (संयुक्त) का एक नेता दुई पार्टी एकताकोलागि सैद्धान्तिक सहमति भएको बताउदै एकीकरणमा अब कुनै समस्या नरहेको बतााउछन् ।

असार ६,७ र ८गते बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले समान विचार राख्ने पार्टीसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै राप्रपा (संयुक्त) सँग पार्टी एकीकरण गर्न राप्रपाले बाटो खुला गरेको थियो ।

राप्रपाको निर्णय पछि राप्रपा (संयुक्त) को साउन ९ गते बसेको उच्च स्तरीय कार्यसम्पादन समितिको बैठकले समान विचार राख्ने पार्टीसँग पार्टी एकता गर्ने राप्रपाको निर्णयलाई स्वागत गर्ने निर्णय गरेको थियो । त्यसपछि साउन १३गते बसेको राप्रपाको कार्यसम्पादन समतिकिोे बैठकले राप्रपा (संयुक्त) को निर्णयलाई स्वागत गरेको थियो ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्