Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् ।

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह मेडिसिटी अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी बताए ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल पुगेका हुन् । वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार-पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।

सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएका हुन् । हाल उनको स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्