Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाबहिल-बौद्ध सडकक्षेत्रमा स्थानीबासीको विरोध, ४ वर्षमा नभएकाे काम १ महिनामै गर्ने बाचा

काठमाडौ : चाबहिल-बौद्ध सडकक्षेत्रका स्थानीबासी मंगलबार विरोधमा उत्रिएका छन् ।

करिब ४ वर्षदेखि निर्माण थालेर अलपत्र छाडिएको सडकमा कुनै सुधार नभएपछि चाबहिल-बौद्ध सडकक्षेत्रका स्थानीबासी आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयबासी र व्यापारीले अवरुद्ध गरेको चाबहिल-बौद्ध सडकखण्डमा स्थानीय उत्रिएपछि मंगलबार करिब २ घण्टा यातायात प्रभावित भयो ।

सरकारी निकायले एक महिनाभित्र बाटो पिच गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएपछि स्थानीयले यातायात खुलाएका हुन् ।

केही समयअघि स्थानीयको आन्दोलनकै कारण काम सुरु भएको थियो । त्यसयता कुनै पनि सडक निर्माण नभएको कारण देखाइ आन्दोलनमा उत्रेका थिए ।

पिच नगरेपछि ढल फुटेर बाहिर निस्कँदा यहाँका बासिन्दा हैरान भएका छन् ।

उनीहरुले यसअघि पनि पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्