श्रद्धा र विश्वासको पर्व नाग पञ्चमी : नाग देवतालाई पूजा गर्ने भक्तजनको भीड (फोटोफिचर)
![](http://45.77.46.207/wp-content/uploads/2019/08/RoS_Ktm3-1.jpg)
नाग पञ्चमीका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार भक्तजनहरु । तस्बिर : रोशन सापकोटा
आज श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन । नाग देवतालाई पूजा गरेर मनाइने नाग पञ्चमीको विभिन्न तस्विरहरु सार्वजनिक गरिएकाे छ ।
नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ ।
![](http://45.77.46.207/wp-content/uploads/2019/08/RoS_Ktm.jpg)
आज नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।
नाग पञ्चमीको विशेषता :
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ ।
यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।
ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।
![](http://45.77.46.207/wp-content/uploads/2019/08/KrishnaNeupane_Damauli_RSS_Ministerpadmaaryalphoto41.jpg)
![](http://45.77.46.207/wp-content/uploads/2019/08/HimalalParajuli_Syanjya_RSS_photo1syangja.jpg)
![](http://45.77.46.207/wp-content/uploads/2019/08/DipakBohara_Lamahi_RSS_nagpanchami1.jpg)
![](http://45.77.46.207/wp-content/uploads/2019/08/BDP_Pokhara_080419_nagkopuja.jpg)