Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस-थरुहट आन्दोलनबारे तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ

लामो समयदेखि जारी संसद अवरुद्धलाई खुलाउन पहल गर्दै सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि रुलिङ गरेका छन् ।

मधेस तथा थरुहटमा भएका आन्दोलन र आन्दोलनका क्रममा भएको ज्यादतीको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुख महराले सोमबार फेरि रुलिङ गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालको मागमा यसअघि पनि सभामुख महराले पटक पटक प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरे पनि सरकारले सार्वजनिक गरेको छैन ।  सोमबारको संसद बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले उक्त प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गरे ।

यसअघि सभामुखले पटक पटक रुलिङ गरेको र कानुनमन्त्री भानुभक्त ढकालले सार्वजनिक गर्न प्रतिवद्धतासमेत जनाइसकेको भन्दै उनले अझै सार्वजनिक नगर्दा सरकारमाथि शंका उब्जिएको बताए ।

त्यसपछि सभामुख महराले उक्त विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विशेष निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: Aug 5, 2019

प्रतिक्रिया दिनुहोस्