Logo
१२ श्रावण २०८१, शनिबार
(August 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता खारेजको प्रचारप्रति सांसद राजेन्द्र महतोको आपत्ति : भ्रमको खेती नगर्न सरकारलाई चेतावनी

काठमाडौं : राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए । नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए ।

सांसद महतोले सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिएका छन् । आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग समेत गरेका छन् ।

उनले भने, ‘सरकारले माफी माग्नुपर्छ । यसरी भ्रम फैलाउने काम गर्नु हुँदैन ।’

त्यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै सांसद महतोले आपत्ति जनाए । संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’

नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए ।

सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे ।

प्रकाशित मिति: Aug 5, 2019

प्रतिक्रिया दिनुहोस्