Logo
१२ श्रावण २०८१, शनिबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वरा राजेन्द्र महतोको नागरिकता खारेज, कर्मचारीको नयाँ तलबमान पनि तोकियो (सूचीसहित)

काठमाडौं : सरकारले राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज गरेको छ, भने कर्मचारीको नयाँ तलबमान पनि तोकिएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो ।

आईतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरिएको जनाकारी गराएका हुन् । मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ११ मा राजेन्द्र महतो र अन्य ७ जनाको नागरिकता खारेज गरिएको निर्णय छ ।

‘झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ, अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो,’ निर्णयमा उल्लेख छ ।

निर्णयमा विभिन्न व्यक्तिहरूको नाम राखिएको तर उनीहरुको वास्तविक ठेगाना र अन्य विवरण केही पनि उल्लेख नगरेपछि यसबारे अनेक शंका उब्जिएका हुन् । कतिपयले राजेन्द्र महतोको नामलाई राजपाका नेता राजेन्द्र महोतोको नामसँग जोडेर व्याख्या गरेका छन् । यद्यपी उक्त खबर सार्वजनिक भए लगतै गृहमन्त्रालयले भने त्यसलाई प्रष्ट पार्दै राजपा नेता राजेन्द्र महतोको नागरिकता खारेज गरेको खबरमा कुनै सत्यता नरहेको बताएको छ ।

यसबारे गृहमन्त्रालय भने छुट्टाछुट्टै रुपमा स्पष्टिकरण दिन बाध्य भएको छ । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले नागरिकता खारेजीमा परेका राजेन्द्र महतो पूर्व मन्त्री एवम् राजपा नेता नभएको स्पष्ट पारेका छन् ।

गृह मन्त्रालयका सूचना अधिकारी अधिकारीले नागरिकता खारेज गरिएका व्यक्ति राजपा नेता नभएको र पत्रकार सम्मेलनमा पूरा विवरण उल्लेख नगर्दा भ्रम फैलिएको बताए । अधिकारीले भने, ‘हामीले सम्पूर्ण विवरण पठाएका थियौं उच्चारण गर्दा फरक पर्‍यो होला, उनी राजपा नेता महतो होइनन् ।’

कर्मचारीको नयाँ तलबमान तोकियो, अब कसको तलब कति ?

यसैबीच सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।

हेर्नुस् सुची :

प्रकाशित मिति: Aug 4, 2019

प्रतिक्रिया दिनुहोस्