Logo
१२ श्रावण २०८१, शनिबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिमा बोल्दाबोल्दै मन्त्री भट्टराईको गला अवरुद्ध, माधव नेपाल पनि भावुक

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सांसदहरुले बधाइ दिएका छन् ।

मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएका मन्त्री भट्टराईलाई सांसदहरुले बधाइ दिएका हुन् ।

समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने मन्त्री भट्टराई क्रममा उनी भावुक बने । सोही क्रममा उनको गला अवरुद्ध भयो ।

२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको फर्कन सफल भएको उनले बताए ।

अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भयो ।

त्यसअघि बोलेका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए ।

पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन हुने भट्टराईले उल्लेख गरे । भट्टराईको गला अवरुद्ध भएपछि नेता नेपाल पनि भावुक बनेका थिए ।

मन्त्री भट्टराईले युरोपियन युनियनको कालो सुचीबाट नेपाललाई पार गराउन समितिको सहयोगको अपेक्षा गरे ।

प्रकाशित मिति: Aug 4, 2019

प्रतिक्रिया दिनुहोस्