Logo
२० जेष्ठ २०८१, आईतबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा फाईनान्स कम्पनीहरुलाई निक्षेप उपकरणको अफर

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई निक्षेप उपकरणको अफर गरेको छ ।

राष्ट्र बैंकले आज आईतबार २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बिक्री गर्न अफर गरेको हो ।

बोलकवोलका माध्यमद्धारा आज अपरान्ह तीन बजेसम्ममा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई १५ दिने अवधिको उक्त निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

साँवा तथा व्याज भुक्तानी मिती २०७६ भदौ दुुई गते तोकिएको निक्षेप उपकरण घटीमा ५करोड र बढीमा ५करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म खरिद गर्न सकिने छ ।

पत्र सहित

राष्ट्र बैकका अनुसार यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा समेत प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति: Aug 4, 2019

प्रतिक्रिया दिनुहोस्